कुलुङको .म्यूजिक भिडियो सार्बजनिक, सामाजिक सञ्जालमा भाईरल बन्दै

wwwjerungfilmswwwjerungfilms 9 Jul 2018

 

जेरुङ फिल्मस संवाददाता, २५,असार–काठमान्डौं । गायक तथा सङ्गीतकार अजय अलङकार कुलुङले एक कार्यक्रमका बीच कुलुङ भाषा गीतको म्यूजिक भिडियो सार्बजनिक गर्नु भएको छ । सानीवा एल्बममा रहेको किराँती कुलुङ भाषाको सो गीतको म्यूजिक भिडियोलाई कुलुङले एक कार्यक्रमका बीच शनिबार सार्बजनिक गरेको हो ।

स्वरस्वती नगर स्थित कुलुङ गुस्खमको सम्पर्क कार्यलयमा आयोजित सो कार्यक्रममा कवि तथा गायक कुलुङलाई शुभकामना दिने शुभेटछुकहरुको निकै घुईचो देखियो । साहित्य जगतमा समेत शसक्त रुपमा कलम चलाएका कुलुङ गायक मात्र नभएर एक स्रष्टा पनि हुन् ।

सानीवा एल्वम्बाट साभार कुलुङ भाषामा रहेको “सानीवा खाप्चाये मीक्वा हुप्स्चाये ”नामक बोलको म्युजिक भिडियो लाई ७७ बर्षिया आफ्नै आमा फैलिमाया कुलुङले सार्बजनिक गरेका थिए । विभिन्न साहित्य सृजनामा समेत कलम चलाएका श्रष्टा कुलुङले यस गीतलाई २०७१ सालमै आफ्नो सानीवा एल्बममा मार्फत पाँचौ कोशेलीको रुपमा बजारमा ल्याईसकेका थिए ।

केही आर्थिक कठीनाईको कारण यो भिडियोलाई बजारमा ल्याउन ढिलो भएको कुलुङले बताउनु भयो । कुलुङ जातीको पहिचान र संस्कृति बचाउ अभियान स्वरुप आफ्नो भाषिक गीत गाएकोमा कुलुङ संघका अध्यक्ष चन्द्र सिंह कुलुङले अलङकारलाई धन्यबाद दिनु भयो ।

आगामी दिनहरुमा समेत उहाँको यो कदमलाई निरञ्तर अगाडी बढ्न सकुन् भन्ने कामना सहित शुभकामना दिनु भयो । नेपाली काँग्रेसका युवा नेता तथा पूर्व जिल्ला सभापति सूर्य कुलुङले अजय कुलुङ पहिला सिकारु थिए, तर अहिले सिकाउने गुरु भई सकेकोले अबको उहाँको साँगीतिक यात्रा उज्वल रहेको बताउनु भयो ।

यो भिडियाले साँच्चीकै कुलुङहरुको जीवन शैलीमा आधारीत यथार्थता दर्शान खोजिएको उहाँले बताउनु भयो । यस गीतमा शब्दरसङ्गीत अजय अलङकार कुलुङ स्वयंको रहेको छ भने पबिधन खालिङले एरेन्ज गर्नु भएको छ ।

चर्चित गायीका आभा मुकारुङले स्वरलहरी भरेको यो गीतमा रिना लिम्बू ,सृजन कुलुङ, फैलीमाया कुलुङ र, अजय अलङकार स्वयंकै फिचरिङ रहेको छ । यस गीतको छायांकन दिपक चाम्लिङले गर्नु भएको छ भने सम्पादन सृजन कुलुङले गर्नु भएको छ । भिडियोलाई अजय अलङकार र दिपक चाम्लिङले निर्देशन गरेका छन् ।

सो म्युजिक भिडियो महाकुलुङ टेलिभिजन परिवरले बजारमा ल्याएको हो । अङ्ग्रेजीमा समेत रेहेको यो भिडियो निकै नै सोचेभन्दा राम्रो भएको अजय अलङकारको दाबी रहेको छ । आफ्नै आमाको हातबाट यो भिडियो सार्बजनिक गर्न पाउदा आफुले आफैलाई भाग्यमानी ठानेको समेत कुलुङ कलाखबरलाई बताउनु भयो ।

यस भिडियोमा रोचक अभिनय गरेका सबै जनालाई कलाखबर टि.भी.ले एक मुस्तमा अन्र्तवाता लिएका थिए । हेरौँ उहाँहरुसँगको रोचक कुराकानी तलको भिडियोमा ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...