गायीका मेनुका राईको नौ लाई शून्ना नब्ये सार्बजनिक बजारमा निकै चर्चा

wwwjerungfilmswwwjerungfilms 4 Jul 2018

 

राजकुमार राई,२०,असार–काठमाण्डौं । सिरैमा सिरबन्दी कानैमा झुम्का,नाकैमा ढुङग्री मुन्द्री र बुलकी अनि रातो पछयौरा र मखमलको चोली, सारीमा सजिएका दुई थितिहरु सुन्दरताको लहर छर्दै उभीरहेका हुन्छन् । जहा सेतो र रातो रङको हाफ् टिसर्ट लगाएका सिभिल ड्रेसमा दुई जना युवाहरु आउछन् र एक्कासी अदालत हिड्ने धम्की दिन्छन् । थितिहरु अचम्ममा पर्छन् ।

उनीहरु हुन् अहिलेका निकै चर्चित गायीका मेनुका राई र मोडल ज्योति मगर । केहि छिन पछि दउरा सुरुवाल, ढाका टोपी र गल्बन्धी अनि कालो चश्मा लगाएको “धेरै राम्री भई नहिड यो ज्यानको ढिल चोरी अदादतमै दिनु पर्ला तिमीलाई उजुरी”भन्दै एउटा लर्के जवान अगाडी देखा पर्छ ।

यो हो गायीका मेनुका राई र गायक रुपकुमार राईको स्वरलहरी भरिएका भर्खरै मात्र बजारमा आउन सफल नौलाई शून्ना नब्बे गीतको म्यूजिक भिडियो । खोटाङ जिल्लालाई आफ्नो जन्म थलो बनाई राजधानीलाई आफ्नो कर्मथलो बनाएकी गायीका मेनुका राई एक सफल तथा लोक प्रीय गायीका हुन् ।

हाल बनस्थली काठमाण्डौमा बस्दै आएकी राईले सानै देखि संगीत क्षेत्र अपनाएकी हुन् । प्रवेशिका परिक्षा सकाएर राजधानी छिरेका राईले, यहि संगीत विषय लिएर आर।आर क्याम्पसबाट उच्च शिक्षा हाशिल गरेका थिए । तत्पश्चात वि। स।२०५६ सालबाट निरञ्तर रुपमा यस क्षेत्रमा होमिएका थिए ।

लामो समको संघर्ष पश्चात् अन्ततः २०५६ सालमा नै पहिलो पटक उनको “माहुरी घुम्छ फुलको बोटैमा” बोलको गीत रेडियो नेपालमा रेकर्ड भयो, जुन गीतमा बुलु मुकारुङको शब्द संगीत रहेको थियो । यसरी यस क्षेत्रमा सफलता हात पार्नुको पछाडी आफ्नो परिवारको राम्रो साथ सहयोग रहेको उहाँले कलाखबरलाई बताईन् ।

हाल सम्म करिब ५०० को हाराहारिमा सांगीतिक कोशेली पस्काई सकेकी राईले भर्खरै मात्र नौ लाई सुन्ना नब्बे नामक सिंगल ट्रयाकको भिडियो बजारमा ल्याउन सफल भएकी छिन् । जुन भिडियोमा करिब दुई दर्जन कोरसहरुको माझमा अहिलेका चर्चित मोडल ज्योति मगर र काजिश श्रेष्ठको रोचक अभिनय रहेको छ ।

यस अघि थुप्रै स्टेज गित प्रस्तुत गरिसकेकी राईको ‘नौ लाई सुन्ना नब्बे’ बोलको गीतमा शब्द संगीत डिं। आर। अटुको रहेको छ भने भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।उक्त गीत भिडियोलाई अजय रेग्मीले छायांकन गरेका छन भने दिपक बिष्टको सम्पादन रहेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...