एचआइभि संक्रमितहरुको पीडा र कथा सुनेर किन रोईन् गायीका केशु गुरुङ ?( कारण यस्तो छ )

wwwjerungfilmswwwjerungfilms 4 Jul 2018

 

जेरुङ फिल्मसर संवाददाता,२०,आसार–काठमाडौं । पेसाले स्वास्थ्यकर्मी केशु गुरुङ पछिल्लो समय गीत संगीतमा निकै चर्चाको शिखर बनेका छन् । कौरा गायन थालेको करिब एक दशक नाघिसकेको छ । ‘पेसा स्वास्थ्यकर्मी भएपनि रहर र रुचिले गर्दा यस क्षेत्रमा समेत प्रवेश गरेको उनले बताइन्

तनहुँको तनहुँ, धरमपानीकी केशु दमौलीस्थित ‘कम्युनिटी सर्पोट ग्रुप’ नामक गैरसरकारी संस्थामा हाल आबद्ध छिन् । जसले एचआईभी एड्ससम्बन्धी कार्य गर्छ । आफ्नो पेसाबाट बचेको समय गायनलाई दिदै आएकी केशुका बजारमा आएका गीत मध्य ‘आँशु तालमा’, ‘धरमपानी’, ‘बन्दीपुरमा रोदी जमाउँला’ जस्ता लोक केही दिन पहिले ‘बुकी फूल’ बोलको एक कौरा गीत रेकडिङको सिलसिलामा उनी काठमाडौ आएकी थिइन् ।

‘बुकी फूल’ बोलको गीत पहिल्यै देखि रेर्कड गर्ने सोच थियो । तर, समय अहिले मिल्यो ।’ भेटमा उनले भनिन् । यो गीतमा उनलाई दुर्गा गुरुङले समेत स्वरमा साथ दिएकी छन् ।अन्य गीत भन्दा कौरा गीत नै रुचाउने उनका अधिकाम्स गीत कौरा रहेका छन् । तनहुँ, लम्जुङ र गोरखा तिर बढी चल्ने भनेकै कौरा गीत भएको उनको भनाई रहेको छ ।

उनी कौराको अलवा चुट्का र घाटु पनि गाउँन सिपालु छिन् । ‘कौरा, चुट्का र घाटु भनेको हाम्रो गुरुङ समुदायको संस्कृति हो’ उनले थपिन् ‘कौराविना गुरुङ कला र संस्कृति अधुरो हुन्छ । लिम्बूमा धान नाचमा ‘पालम’ गाए जस्तै तमु गुरुङले रोधी बस्दा कौरा, चुट्का र घाटु गाउँने गरिन्छ ।’ उनले थपिन् ‘म पनि गुरुङ समयदायकै भएकाले आफ्नो कला संस्कृति जर्गेनाका लागि कौरालाई प्राथमिकता दिएकी हुँ ।

औपचारिक रुपमा उनले २०६१ सालदेखि गायन थालेकी हुन् । ‘आँशु तालमा’ बोलको लोक गीत मार्फत गायन सुरु गरेकी उनले कौरा भने स्कुलले जीवनमा पनि गाउथिन् रे । ‘पढ्दैदेखि कौरा गाउँथेँ । गाउँमा रोधी बस्दा म पनि नाच्न र गाउन जान्थेँ’ उनले सुनाइन् ‘तर, अहिले आफूलाई गायिका भन्दा पनि स्वास्थ्यकर्मी एवं समाजसेवी भन्न रुचाउँछु ।’

बिगत ६ वर्षदेखि उनी स्वस्थ्य पेसामा समेत आवद्ध छिन् । पढाइ सकेसँगै २०६९ सालदेखि स्वास्थ्य सेवामा उनले जागिरे जीवन सुरु गरेकी हुन् । गायन र स्वास्थ्य फरक पाटो रहेको बुझेकी उनले गायन भन्दा बढी प्रथामिकता पेसालाई दिने गरेकी छन् ।

‘पेसाको कारणले उनी एचआईभी एड्स संक्रमितहरुको सेवामा दिनरात खट्नुपर्छ । समय–समयमा फिल्डमा पनि जानुपर्ने हुन्छ’ भनिन् ‘गायन रहर र रुचि भएकाले समय मिलाएर गाउँदै आएको छु ।’ पेसाका कारणले उनी धेरै पटक रोएकी छन् रे । काम गर्न गाहे भएको कारणले उनी रोएकी भने होइन । ‘एचआइभि संक्रमितहरुको पीडा र कथा सुनेर म रोएकी हुँ’ उनले रुनुको कारण खुलाइन् ।

पेसाका कारणले दैनिक जीवन चलाउन उनलाई सजिलो भएपनि चर्चा र सुन्टुष्टी भने गायनबाट मिलेको छ । ‘गायन मिडिया क्षेत्र भएकाले चिनिन केही गाहे छैन ।’ उनको अनभव हो यो । आफुले अहिलेसम्म गाएको गीत सबै श्रोता तथा दर्शकले मन पराएको उनको बुझाइ छ । थोरै गीत गाउँने तर राम्रो गर्ने उनको गायन सिदान्त हो ।

बिबाह गर्ने उमेर पुगेपछि बुबाआमालाई भार हुनु सोभाविक नै हो । यो उनले पनि बुझेकी छन् । व्यस्ताको कारणले बिबाह गर्न नभ्याएको बताउने उनकी बिबाह गर्न लगन र साइत पनि नजुरेको सुनाउँछिन् । बिबाह जहिले भएपनि नारीलाई सम्मान गर्ने पुरुष मात्र आफ्नो बर बन्न योग्य हुने उनको धरणा रहेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...