‘प्रोत्साहन पुरस्कार’ नब निर्देशक शन्त कुमार राईको हात प¥यो

wwwjerungfilmswwwjerungfilms 2 Jul 2018

जेरुङ फिम्स सम्वाददाता १७ असार काठमाण्डौ । नब निर्देशक शन्त कुमार राईद्वारा निर्दे्शित किरात वाम्बुले भाषाको चलचित्र ‘ढ्याङ्कुम्’ले पायो । यस प्रायोजक भने पूर्वको शुन्दरनगरि इटहरिमा बसेर धेरै राम्रो फिल्म निर्देशक गर्नु हुने चर्चित निर्देशक अरुण प्रधानले गर्नु भएको थियो । अविश्यामा राम्रो सम्भबना बोकेको कलकार तथा निर्देशक हुन, शन्त कुमार राई । उनि हाल युकेमा बस्दछन ।
विभिन्न चलचित्र हरु मध्य दर्शकहरूबाट छनोट उत्कृष्ट एक पब्लिक चोइस अवार्ड सहित नगद रु.२५ हजार रूपैया बाल मुकुन्द प्रजापतिद्वारा निर्दे्शित ‘तापलय’ले पाएको छ ।

नेपाल पर्यटन बोर्डको हलमा दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सवको आयोजक आदिवासी जनजाति चलचित्र महासंघले यहि असार १५, १६ र १७ गतेका गरी ३ दिन प्रदर्शनी भब्य र सभ्य तरिकाले समापन गरेको छ ।
उर्जा, जलश्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले महोत्सवको उद्घाटन पानसमा बत्ती बालेर गर्नुभएको थियो । कार्यक्रममा उर्जामन्त्री पुनले संचारको यूगमा चलचित्र पनि सशक्त माध्यम बन्दै गएको भन्दै आदिवासी जनजाति चलचित्रकर्मीले पनि आफ्नो शक्तिको पहिचान गर्न सक्नुपर्ने बताए । संस्कृतिका धनी आदिवासी जनजाति समुदायले आफुलाई कुनै पनि किसिमले कमजोर सोच्नुनपर्नेमा उर्जामन्त्री पुनले जोड दिए ।

नेपालको छुट्टै सास्कृतिक स्वाद चलचित्र मार्फत दिने कुरा बताउदै समापनको प्रमुख अथिती सुचना तथा सन्चार प्रबिधी मन्त्री गोकुल प्रसाद बास्कोटाले आदिबासी जिबन शैलिसङ्ग चलिचत्र जोडिएको छ, जस्को कारण बिश्वबाट नेपालमापर्यटन समेत आदिवासी मार्फत चलचित्रले थप टेवा पुग्ने महत्व बताए ।

महासङ्घको अद्यक्ष अमृत बहादुर सुनुवारले यस महोत्सबलाई सहयोग गरी भब्य रुपमा सम्पन्न गर्नु हुने आयोजक, सह(आयोजक, स्वयमसेवक, मिडिया पाटनर, प्रायोकलाई धन्याबाद ज्ञापन दिदै महोत्सवमा नेपालमा बोलिने विविध भाषाका १४ चलचित्र प्रदर्शन भएको थियो । जहाँ चलचित्रका पारखीहरूले विभिन्न समुदायको विविधतायुक्त चलचित्रको स्वाद एकै थलोमा पाउने अवसर दियो ।

आदिवासी जनजाति महासंघले आयोजना गर्न लागेको दोस्रो आदिवासी जनजाति चलचित्र महोत्सवमा गुरुङ जातिको भोज बहादुर गुरुङद्वारा निर्दे्शित ‘मैरिमो’ र जितमान गुरुङद्वारा निर्दे्शित ‘पा’ राईको सन्तकुमार राईद्वारा निर्दे्शित ‘ढवाङ्कुुम’, सुनुवारको शिव मुखियाद्वारा निर्दे्शित ‘गोसुनङा’, माझीको विन्दु माझीद्वारा निर्दे्शित ‘लदि पुजा’, राजबंशीको बिनोद पुडासैनीद्वारा निर्दे्शित ‘दुलारी’, शेर्पाको आङङिमा शेर्पाद्वारा निर्दे्शित ‘टिन्छेन फमा’, थारु मदन चौधरीद्वारा निर्दे्शित ‘मन्दरा’, मगर हिमाल पुनद्वारा निर्दे्शित ‘तमसुक’ र मेजन पुनद्वारा निर्दे्शित ‘रैया’, तामाङ डि.वि.मोक्तानद्वारा निर्दे्शित ‘मायासे लासी’, नेवार सन्जोक लाफा मगरद्वारा निर्दे्शित ‘कमल पोखरी’ र बाल मुकुन्द प्रजापतिद्वारा निर्दे्शित ‘तापलय’ लगायत १४ चलचित्र प्रदर्शन भएको महासंघको महासचिब पुर्ख्जित राईले जानकारी दिनुभएको थियो ।

यूनो मिडियाबाट साभार

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...