जाङमु ईन शेर्पाको पागल मन भिडियो सार्बजनिक,बजारमा व्यापक चर्चा ।

wwwjerungfilmswwwjerungfilms 1 Jul 2018

राजकुमार राई,१७,असार–काठमाण्डौँ । जाङमु ईन शेर्पा र उत्तम थापा मगरको निकै रोचक भिडियो सार्बजनिक भएको छ । प्रविसा अधिकारीको आवाजमा रहेको यो पागल मन बोलको गीतमा मोडल जाङमु ईन शेर्पा र उत्तम थापा मगरले रोचक अभिनय गरेका छन् । दुई युगल जोडी बीचको रोचक माया प्रेम प्रसंग यस भिडियोमा समेटिएको छ । यी दुई जोडीको माध्यमबाट पे्रममा नै हरेक सृष्टिअडिएको कुरा उजागर गरिएको छ ।

हरेक कलाकार र संगीतकारले यी नै कुरा आफ्नो शब्द रचना,अभिनय तथा स्वरका सुन्दर थँुगाहरुमा पस्किरहेका हुन्छन् ।यहि सन्दर्भमा प्रविसा अधिकारी र उत्तम थापा मगरको आवाजमा सजिएका यो पागल मन गीत बजिरहेको छ । अगाडी तिर सुस्तरी पवनको स्पर्शसँग मुस्कानको लहर छोड्दै श्रङगारले सजिएका दुई युगल जोडी देख्न सकिन्छ ।

यी जोडी हुन, संखवासोभा जिल्लामा जन्मेकी एक लोक प्रिय मोडल जाङमु ईन शेर्पा र कुसल संगीतकार तथा गायक उत्तम थापा मगर । यो भिडियोलाई प्रवेश तन्दुकारले निर्देशन गरेका छन् भने दिनेश पराजुलीले छाँयाङ्कन गरेका छन् । विकट जिल्ला अनि एउटा शेर्पा समुदायमा हुर्केकी जाङमु ईन शेर्पाको छुट्टै यो चमत्कारी कदम देख्दा खुशीले आम दर्शकको छाती फुलेको छ ।

कयौ शेर्पाहरु पर्यटन व्यासाय, होटल व्यासाय तथा अन्य क्षेत्र अपनाउने गर्दछन् ।यो परिवेशमा आफु भने आफ्नो समुदाय भन्दा केही बाहिर निस्केर छुट्टै पहिचान कमाउन चाहेको उनी बताउछीन् । १७ वर्षको कल्कलाउदो उमेरदेखि यस क्षेत्रमा होमिएको शेपाले करिब तीन दर्जन भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । जसले जे भने पनि अब यो आफ्नो क्षेत्र भन्दा बाहिर जान नसकिने उहाँ बताउ छिन् ।

यस क्षेत्रमा प्रवेश गर्दा आफ्नो परिवार तथा समुदायको पनि राम्रो सहयोग रहेको समेत शेर्पाले बताईन् । स्टेज कार्यक्रम समेत सञ्चालन गर्दै आएकी शेर्पा अब भने ठूलो पर्दामा समेत छिर्ने तयारीमा रहेको बताउ छिन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...