डा. उपेन्द्र देवकोटाले लिए विदा, देशले बेहोर्नु पर्यो अतुलनीय क्षेती

wwwjerungfilmswwwjerungfilms 19 Jun 2018

जेरुङ फिल्मस् संवाददाता,५,असार–काठमाडौँ । मानव जिन्दगी पनि अचम्मको छ । कोही चाहेर यो धर्तीबाट विदा लिनु पर्ने छ ,भने कोही नचाहेर पनि विदा लिनुपर्ने हुन्छ । हुन त एउटा भनार्इं छ, राम्रो चिज भगवानको आँखामा पनि छिटो पर्छ रे । हजारौँ बिरामीलाई पुनर्जन्म दिएका एक चिकित्सकले क्यान्सरसँगको ६ महिना लामो लडाइँपछि मृत्युवरण गरे ।

पुष्पगुच्छाले झपक्क सजाइएको टेबल । त्यसमाथि ढाका टोपी पहिरिएर शान्त चिर निद्रामा निदाइरहेका एशियाकै अब्बल स्नायु चिकित्सक विशेषज्ञ डा। देवकोटा । नेपाल मात्र होइन दक्षिण एसियामै ख्याति कमाएका डा।उपेन्द्र देवकाटाले सोमबार अन्तिम सास फेरे ।

बाँसबारीस्थित आफ्नै न्यूरो अस्पतालको प्राङ्गणमा राखिएको उनको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन शोकाकुल शुभचिन्तकको घुइँचो थामिसक्नु थिएन ।

नियतिको खेल पनि बुझिनसक्नु हुन्छ । चिकित्सकीय क्षेत्रमा दुर्लभ विधा मानिएको स्नायु उपचार सेवाका प्रतिभावान् चिकित्सकलाई रोग त त्यो पनि दुर्भल पित्त नलीको क्यान्सर ।

६ महिनाअघि रोग देखिएपछि परिवारले उनलाई अब्बल बनाएको देश बेलायत पुर्याएको थियो । तर, जीवनका अन्तिम दिनहरु नजिकिएको पूर्व जानकारी पाइसकेका डा।देवकोटा अन्तिम सास स्वेदशकै माटोमा फेर्न चाहान्थे । गत वैशाख १५ गते पुनः स्वदेश ल्याइएपछि उनलाई आफ्नै अस्पतालमा उपचारका लागि राखिएको थियो ।

उनको जीवन फर्काउन दिनरात खटिएका उनका शिक्षार्थी न्यूरो अस्पतालका चिकित्सक डा।मयुस मुनंकर्मीले डा।देवकोटा आफैँ बिरामी र आफैँ चिकित्सकको भूमिका निर्वाह गरेको सम्झिन्छन् ।

‘आफूलाई के भइरहेको छ, के चाहिएको छ उहाँले नै भन्नुहुन्थ्यो, उहाँमा मृत्युले कुरिरहेको छ भन्ने जान्दाजान्दै पनि अनौठो आत्मविश्वास थियो, जुन हाम्रा लागि अनुकरणीय थियो’, उनले भने ।

‘बिरामीप्रतिको लगाव, आफ्ना अग्रज, सहपाठी, जुनियर चिकित्सकलाई सधैँ माया, सम्मान गर्ने कुरा हामीले उहाँबाट सिक्यौँ,’ डा। मुनंकर्मी भन्छन् ।

जीवन यात्रामा अनेक साथी भेटिन्छन् । कोही आत्मीय बन्छन् । कोही बीचमै हराउँछन् । तर बालसखा जीवनभरि उस्तै रहन्छन् ।

आफ्ना बालसखाको अन्तिम बिदाइ गर्नुपर्ने दिन यति छिट्टै आउँला भनेर पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले कल्पना पनि गरेका थिएनन् ।

आफ्ना विधामा दुवै अब्बल । ‘मैले मेरा बालसखा गुमाएँ, उनीसँगका हरेक पलहरु सम्झनामा समेटिए, उनको मलाई जीवनभर अभाव खट्किरहने छ,’ उनले शोकविह्वल हुँदै भने ।

डा।देवकोटाले ३५ वर्ष अगाडि नेपालमा नभएको दुर्लभ र जटिल मानिएको स्नायु सेवा शुरु गरेका हुन् ।

नेपालमा उनको नाम जति सम्मान र गर्वका साथ लिने गरिन्छ दक्षिण एसियाली मुलुकमै पनि उनी उत्तिकै लोकप्रिय भएको वरिष्ठ जनरल सर्जन धुर्व मुडवरीको अनुभव छ ।

‘यत्तिको दृढ, आत्मविश्वासी र कठिन परिस्थितिमा विचलित नहुने प्रतिभावान्, आफ्ना गुरुहरुलाई गर्ने सम्मानले मन सँधै खुशी हुन्थ्यो, फेरि यस्तो व्यक्ति देशले पाउन वर्षौंवर्ष लाग्नेछ,’ उनले भने ।

डा। मुडवरीलाई डा।देवकोटाले परिवारको सदस्य बनाएका थिए । बिरामीप्रतिको इमान्दारिता र समग्र स्वास्थ्य सेवामा चिन्ता गर्ने स्वभाव कमैमात्र व्यक्तिमा हुन्छ भन्ने डा।मुडवरीलाई लाग्छ ।

छोटो समयका लागि स्वास्थ्यमन्त्री बनेका देवकोटाले चाहने हो भने छोटो समयमा उत्कृष्ट काम गर्न सकिन्छ भन्ने नजिर बसालेको प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइराला सम्झिन्छिन् ।

लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा कोइराला र डा।देवकोटा पनि मन्त्री थिए । प्रदेश प्रमुख कोइरालाले देवकोटाका बारेमा कुरा गर्दै गर्दा उनको शोक आँशु बनी बगिरहेको थियो ।

नेपालका लागि बेलायती राजदूत रिचर्ड मरिसले उनीजस्तो प्रतिभावान् व्यक्ति कमैमात्र जन्मिने बताए । प्रतिक्रिया दिँदै उनले भने, ‘उहाँ सफल, मेहनती, इमान्दार चिकित्सक हुनाका साथै असल व्यक्ति पनि हुनुहुन्थ्यो, उहाँको अभाव खट्किरहने छ ।’

आँखाको उपचार सेवामा समर्पित डा।सन्दीप रुइत देवकोटा अनुशासित पेशाका उत्कृष्ट व्यक्ति भएको स्मरण गर्छन् । ‘नेपाली हुँ, नेपाललाई कसरी अगाडि बढाउनुपर्छ भन्ने उहाँमा सोच र भावना थियो,’ उनले भने ।

चर्चित चिकित्सक एवं देशभक्त देवकोटा समाजमा लोकप्रिय हुनु स्वाभाविक हो । तर २७ वर्षभन्दा बढी समय उनलाई खाना पकाएर खुवाउने कान्छी थापाको मनमा पनि उनीप्रतिको आस्था भने कम छैन ।

‘मलाई त आमा भन्नुहुन्थ्यो, काम गर्ने भनेर उहाँले रुखो व्यवहार गरेको सम्झना छैन, परिवार बाहिर जाँदा पूरै घरको जिम्मेवारी मलाई हुन्थ्यो, उहाँलाई गुमाउनुको पीडा बोलेर व्यक्त गर्न सकिँदैन’, कान्छी थापा भन्छिन् ।

डा।देवकोटाको हिजो सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा साँझ ५ः३५ मा निधन भएको हो । आज बिहान ८ः०० देखि १३ः०० बजेसम्म श्रद्धाञ्जलिका लागि अस्पतालमा पार्थिव शरीर राखिएको थियो । मृत्युको खबर सुनेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगी परिवारजनसँग भेट गर्दै समवेदना प्रकट गरेका थिए ।

श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, स्थानीय विकास मन्त्री लालबाबु पण्डित, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, नेत्री हिसिला यमी, नेकपाका महासचिव विष्णु पौडेल र नेकपाका नेता वामदेव गौतम अस्पताल पुगेका थिए ।

त्यस्तै, नेत्री पम्फा भुसाल, पूर्वसभामुख सुवास नेम्वाङ, राप्रपाका नेता पशुपतिशमशेर राणा, वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, वरिष्ठ न्यूरोसर्जन बिएन गंगोल, न्यूरो सर्जन वसन्त पन्त, डा।मोहनराज शर्मा, डा।गोविन्द केसी र प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतले देवकोटाप्रति श्रद्धान्जलि प्रकट गरेका थिए ।

डा।देवकोटाका श्रीमती र तीन छोरी रहेका छन् । डा।देवकोटाको आजै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अत्येष्टि गरिँदैछ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...