राष्ट्रियसभा सांसदको कार्यकाल गोलाप्रथामा अब कसको कार्यकाल कति ?

wwwjerungfilmswwwjerungfilms 18 Jun 2018

जेरुङ फिल्मस् संवाददाता,४,आसार काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २ वर्षमात्रै कायम भएको छ ।

– गोलाप्रथाबाट राष्ट्रिय सभा सदस्यको कार्यकाल टुङ्गो लगाउन गोला तान्ने क्रम जारी छ । अहिलेसम्म अधिकांश सदस्यहरुले गोला तानिसकेका छन् । अर्थमन्त्री युवराज खतिवडा लगायतकेही सांसद गोला तान्न संसद भवन पुगिसेका छैनन् ।
–गोला तान्दा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कार्यकाल ६ बर्ष परेको छ ।

–राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाको कार्यकाल ६ वर्ष कायम हुने भएको छ ।
–तिमल्सिना प्रदेश ४ बाट राष्ट्रियसभा सदस्य चयन भएका थिए ।
–यसैगरी राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल ४ वर्ष कायम भएको छ भने दीनानाथ शर्माको कार्यकाल पनि ४ वर्ष कायम भएको छ ।

राष्ट्रियसभा सदस्य कोमल वलीको कार्यकाल चार वर्ष हुने भएको छ ।

(गोला प्रथाबाट उनको कार्यकाल टुंगो लागेको हो ।

(प्रदेश ५ की वली नेकपाबाट राष्ट्रियसभा सदस्य छिन् ।

(यसैगरी कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल दुई वर्ष एको छ ।

(प्रत्येक दुई वर्षमा राष्ट्रिय सभाका एकतिहाइ सांसदको कार्यकाल सकिने संवैधानिक व्यवस्था छ ।

(राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुने भएपछि नयाँ संविधान पछिको पहिलो सदन भएकाले यसका एक तिहाई सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिने संवैधानिक व्यवस्था छ ।

(त्यहीँ अनुसार १९ सांसदको दुई वर्ष कार्यकाल हुनेछ । अरु २० जनाको चार वर्ष र बाँकी २० जनाको ६ वर्ष कार्यकाल हुने गरी गोलाप्रथा गर्न थालिएको छ ।

(सचिवालयले आइतबार पत्रकार सम्मेलनमार्फत गोलाप्रथाको विधिबारे जानकारी गराएको थियो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...