अल विदा लिए कलाकार थापाले, आज अन्तेष्टि हुदै ।

wwwjerungfilmswwwjerungfilms 13 Jun 2018

 

जेरुङ फिल्मस् संवाददाता,३०,जेठ–काठमाण्डौ । भु.पु. सेनानी तथा टेलिश्रृखंला चरित्र अभियन्ता, परिचित वरिष्ठ कलाकार भीम बहादुर थापाको निधन भएको दिपाश्री निरौलाले बताइन् । थापाको बुधबार बिहान २ बजे ९२ वर्षको उमेरमा निधन भएको थियो । कलाकारिता क्षेत्रमा थापा निकै पोख्त पनि थिए ।

उहाँसँग नेपाल टेलिभिजनबाट एक समय प्रसारण हुने लोकप्रिय टेलिश्रृखंला देवीमा छोरी बनेर अभिनय गरेको दिपाश्री निरौलाले बताइन् । त्योसँगै उनले तीतो सत्यु मा समेत दीपाको बाबु बनेर अभिनय गर्ने गर्थे। दीपासँगै उनी सोही टेलिश्रृखंलाबाट मुखिया बा का रूपमा दर्शकमाझ परिचित बनेका थिए। उनी कथा अनुसार निरौलाका धर्म बा समेत बनेका थिए।

थापालाई मुटु, मृगौला, फोक्सो आदिमा स्वास्थ्य समस्या थियो। रोगका कारण थलिएका थापा केही समययता अभिनयमा कम सक्रिय थिए। उपचारको क्रममा निधन भएका पाथाको आजै पशुपति आर्यघाटमा दाहासंस्कार हँुदैछ । उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि १० बजेदेखि १२ बजेसम्म आर्यघाटमा राखिने जानकारी दीपाश्रीले दिएकी छन्।

आर्यघटामा उनलाई सेनाले अन्तिम सलामी दिनेछ। पोखरामा ‘छक्का पन्जा ३’को छायांकनको क्रममा रहेकी निर्देशक दीपाश्री निरौला आफ्ना ‘धर्म बा’को निधनपछि काठमाडौं आएकी छिन् ।थापा एक समय हिट्स एफएममा चर्चित आरजे समेत रेहेका प्रकाश थापाका पिता हुन्। थापाका प्रकाशसँगै दुई छोरीहरू रहेका छन्।

उनी नेपाली सेनाका अवकाश प्राप्त सेनानी समेत हुन्।पछिल्लो समय थापा निरौलाले निर्देशन गरेको छक्का पञ्जा २ मा सानो भूमिकामा देखिएका थिए।संयोग नै मान्नुपर्छ, उनको जीवनको अन्त्य उनले सो फिल्ममा निर्वाह गरेको भूमिका जस्तै बन्न पुगेको छ।

सो फिल्ममा विदेश गएका छोराको पर्खाइमा रहँदा रहँदै मृत्युवरण गर्न पुग्छन्। वास्तविक जीवनमा पनि उनको काजकिरियाका लागि अमेरिकामा रहेका उनका एक मात्र छोरा नेपाल आउन नपाउने भएका हुन्।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...