उत्तर कोरियाका नेता नेता किम जोंग र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प बीचऐतिहासिक बार्ता

wwwjerungfilmswwwjerungfilms 13 Jun 2018

बीबीसी

उत्तर कोरियाका नेता किम जोंग र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ऐतिहासिक भेटघाट पछि संसारभरबाट मिश्रित प्रतिक्रियाहरु आउन थालेको छ ।

केही देशले उक्त भेटघाटलाई अभूतपूर्व बताउँदै स्वागत गरेका छन् भने कतिले यसमा गरिएका प्रतिबद्धताको आलोचना समेत गरेका छन् ।

यता दक्षिण कोरियाले भने उक्त भेटघाटले शान्ती र आपसी सहयोगको एक नयाँ अध्यायको आरम्भ गरेको बताएको छ ।

तर अमेरिकाले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासलाई समाप्त गरेको घोषणाले भने दक्षिण कोरिया अचम्ममा परेको बताएको छ ।

यो उत्तर कोरियाको एक प्रमुख माग पनि थियो ।

चीनले दुबै नेताको भेटवार्ताले उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धमा राहत हुनसक्ने अनुमान गरेको छ ।

यता इरानले भने उत्तर कोरियाले अमेरिकामाथि विश्वास गर्न नहुने बताएको छ । राष्ट्रपति ट्रम्पले इरानसँग भएको परमाणु सम्झौताबाट अमेरिकालाई अलग्गाइसकेका छन् ।

रुसले पनि यस्तै प्रकारको चेतावनी दिएको छ । जबकी जपानले उक्त भेट एक ‘सुरुवात’ भएको बताएको छ ।

दक्षिण कोरियामा बेलायती राजदूत वारविक मौरिसका अनुसार राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनले जुन सम्झौतामा हस्ताक्षर गरेका छन, त्यसमा स्पष्टताको कमी छ तर दुबैले भेट गरेका छन्, त्यो नै ठूलो कुरा हो ।

यस्तै, अमेरिकी सिनेटमा डेमोक्रेटिक पार्टीका नेता चक शूमरले किम जोंग उनसँग राष्ट्रपति ट्रम्पको भेट त्यतिबेला मात्र सफल हुनेछ जब यसले कुनै ठोस् नतिजा निकाल्नेछ ।

अर्कोतर्फ, एक वरिष्ठ रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमका अनुसार उत्तर कोरियामार्फत चीन, अमेरिकासँग खेल्ने कोसिस गरिरहेको छ । उनले दक्षिण कोरियाबाट अमेरिकी सैनिकलाई फिर्ता बोलाउने कुनै पनि सम्झौताको विरोध गरेका छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...