‘हैट’ को दुई चलचित्र एकै साथ सबै हलहरुमा शुक्रबारबाट प्रदर्शन हुँदै

wwwjerungfilmswwwjerungfilms 8 Jun 2018

 

जेरुङ फिल्मस सम्बाददाता राजकुमार राई,२५,जेठ– काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट कलाकार बुद्धि तामाङको दुई चलचित्र एकसाथ प्रदर्शनमा आउने भएको छ । ‘चंगा’ र ‘मट्टीमाला’ यी दुबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । हाँस्यकलाकार किशोर भण्डारी ९डिट्ठा साब०को निर्देशन रहेको ‘चंगा’ कमेडी जनरामा निर्माण भएको चलचित्र हो ।

बुद्धीकाअलावा अंकित खड्का, लक्ष्मी वर्देवा, कमलमणी नेपाल, राजन खतिवडा, जीवन भट्टराई लगायतका चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ । पारिवारिक तथा सामाजिक कथा समेत समेतिएको चलचित्रको कथा निर्देशक आफैंले लेखेका हुन् ।

पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार–चढाव ‘चंगा’ले प्रतिकात्मक रुपमा देखाउन खोजेको निर्देशक भण्डरीले बताए । ‘हैट’ उपनामबाट चिनिने कलाकार बुद्धीको‘चंगा’ अहिलेसम्मकै राम्रो अभिनय रहेको बताइएको छ ।
रविन आचार्यको छायाँकन, राजनराज शिवाकोटी र कमल खत्रीको संगीत रहेको ‘चंगा’को कार्यकारी निर्माता प्रकु पाण्डे र निर्मात्रा रेश्मा तिमल्सिना रहेकी छन् ।

त्यस्तै गरी टेक पौरखी राईले निर्देशन गरेको अर्को चलचित्र ‘मट्टीमाला’ मा बुद्धी तामाङ ‘हैट’ र रजनी गुरुङको मुख्य भूमिका रहेको छ ।गाउँ र शहरको जीवनयापनमा आउँने फरक पनलाई देखाउन खोजेको यो चलचित्रमा बुद्धी र रजनीको साथमा चिरन राई, शिशिर राणा, अर्जुन गुरुङ, अरुणा कार्की, बिनोद राई, दिपक आचार्य लगायतको अभिनय पनि रहेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...