कृषि मन्त्री खनालले विकृति मच्याउने व्यापारीलाई कार्वाही गर्ने ,किसान तथा उपभोक्ता हर्षित

wwwjerungfilmswwwjerungfilms 8 Jun 2018

 

 

जेरुङ फिल्मस सम्बाददाता राजकुमार राई  २५,जेठ– काठमाडौं । कृषिमन्त्री चक्रपाणि खनालले कालिमाटी फलफुल तथा तरकारी बजारमा ४ सय २५ व्यवसायीमध्ये ३ सय ३८ जनालाई कार्वाही गर्ने भएको छ । बजार व्यवस्थापन समितिले गठन गरेको उपसमितिले ३ सय ३८ व्यवसायीलाई कार्वाहीका लागि सिफारिस गरि सकेको छ । यसरी कार्वाहीको सूचिमा पर्नेमाहरुमा बहुउदेश्यीय भवन र टहराभित्र रहेका व्यवसायीहरु छन् ।

कार्वाहीमा पर्ने भएपछि व्यावसायीहरु आन्दोलनमा उत्रेका छन् । बिहीबार बिहान समितिको कार्यालय घेराउ गर्दै उनीहरुले नाराबाजी समेत गरेका थिए । तर कृषिमन्त्री चक्रपाणि खनाल बलदेवले भने कालिमाटीको सिन्डिकेट अन्त्य गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्रालयका कर्मचारीसहित गत सोमबार कालिमाटीको बजार अनुगमनमा पुगेका मन्त्री खनालले त्यहाँको वेथिति अन्त्य गर्न निर्देशन दिँदा विचौलियाहरुले आन्दोलन थालेपछि अब आफू कुनै पनि हालतमा पछि नहट्ने र जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए ।

कालिमाटी फलफुल तथा तरकारी बजारमा निक्कै ठूलो वेतिथि रहेको, विचौलियाहरुको बिगबिगी रहेको पाइएपछि मन्त्रालय आक्रामक रुपमा प्रस्तुत भएको हो ।

किसानले उत्पादन गरेको सामान बजारसम्म आइपुग्दा धेरै महंगो हुने गरेको, तीन चार तहका विचौलिया सक्रिय रहेको, बजार र स्टल कब्जा गर्ने, एउटा स्टलको ठाउँ हेरी ८ देखि १० हजार मात्र बजार व्यवस्थापन समितिलाई बुझाउने र विचौलियाले २ लाखसम्म खाने गरेको अनुगमनका क्रममा पाइएको थियो । व्यासायीहरुको यस्तो कदमले गर्दा किसान तथा आम उपभोक्ता निकै मर्कामा परेका छन् ।

कार्यविधिअनुसार आफ्नो स्थानमा स्वयं कारोवार नगरी अन्य कुनै व्यक्ति वा संस्थालाई विक्री गर्ने, भाडामा दिने वा समितिले उपलब्ध गराएको परिचय पत्रविहिन व्यक्तिबाट कारोबार गर्न पाइँदैन । त्यो गरेको पाइएमा ७ दिनको समय दिइ कसुरको मात्राअनुसार स्पष्टिकरण माग गरी अख्तियारी दिने वा सम्झौता खोज गरी इजाजत रद्ध गर्नुपर्ने भएमा व्यवसायीको नाम किटान गरी शुक्रबार बस्ने बोर्ड बैठकमा पेश गर्ने सरकारको तयारी छ ।

यस किसिमको अपराध तथा भ्रस्टचार विरुद्ध वीना जान्कारी मन्त्री खनालको छड्के चेकिङ स्वागत योग्य रहेको छ ।मन्त्री खनालले अनुगमनकै दिन व्यवस्थापन समितिलाई बोलाएर सुधारसहितको सुझाव मागेका थिए । तर कार्वाहीमा पर्ने भएपछि व्यवशायीले बिहीबार समितिको कार्यालय घेराउ गर्दै नारावाजी गरेका छन् ।

दिउँसो मन्त्रालयमा भएको किसान, व्यापारी, कृषि बजार निर्देशनालय लगायतको बोर्ड बैठक पनि विनानिष्कर्ष सकिएको छ । व्यवस्थापन एकपक्षीय भएको र व्यापारीमाथि अन्याय गर्न खोजिएको भन्दै विरोधमा उत्रेपछि सहमति हुन सकेन । शुक्रबार दिउँसो १ बजे फोरी बोर्ड बैठक बस्दैछ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...