चलचित्र ‘एक्स्ट्रा माया’को टेलर सार्वजनिक असार ८ गते प्रदर्शनको तयारीमा हुदै( भिडियो सहित)

wwwjerungfilmswwwjerungfilms 6 Jun 2018

 

राजकुमार राई, २३, जेठ –काठमाण्डौ । सार ८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक्स्ट्रा माया’ टेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको टेलरमा समाजमा भएका विद्यमान समस्या युवायुवतीको प्रेम, विदेश जाने लोग्नेका श्रीमतीको कथा अनि विदेश जाने श्रीमतीको पीडालाई मुख्य विषय बनाइएको छ ।

फेसबुकको फेशन लवले घरबार विग्रिएको र साथीहरुको संगतले घरमा अशान्ति मच्चिएको सार्वजनिक गरेको टेलरमा देख्न सकिन्छ । लव तथा कमेडी जनरामा बनेको शो चलचित्रले अहिलेका युवायुवतीको वास्तविक कथालाई उजागर गर्न खोजेको देखाइएको छ ।
केही दिन अगाडि कलाकारलाई सस्पेनमा राखेर पोष्टर सार्वजनिक गरिएको थियो ।

मंगलबार पारेर सार्वजनिक गरिएको टेलरमा भने नयाँ नयाँ अनुहारहरुलाई देखाइएको छ । सामाजिक परिवेशलाई सुहाउदो रियालिटी वेशमा चलचित्र निर्माण गरिएको निर्माता तथा सञ्चारकर्मी कमल फुयाँलले बताए ।

निर्माता फुयाँलका अनुसार अधिकांश चलचित्रहरु पुराना अनुहार अनि काल्पनिक कथामा निर्माण हुने भएका कारण समाजमा हुने वास्तविक घटना भने प्राय चलचित्रमा नआएको र चलचित्रमा समाजमा घटेका वास्तविक घटना जस्ताको तस्तै राखिएको बताए ।
चलचित्र युवा पुस्तालाई टार्गेट गरेर बनाइएका कारण सबैको मनमा बस्न सफल हुने चलचित्रका निर्देशक सोम कुस्कुमाझी बताउछन ।

चलचित्रमा कथा बलियो भएका कारण सबैले मन पराउनेमा निर्देशक विश्वस्त छन । यस चलचित्रमा पृथक बिषयबस्तुलाई उठान गरेको छ । जसका कारण नेपाली चलचित्र उद्योगमा केही नयाँपन ल्याउन खोजेको निर्देशक सोम कुस्कुमाझीले बताए ।

यस चलचित्रबम अधिकांश दृश्यहरु आर्टिफिसल नभइ रियालिटी बेशमा छायाँकन गरिएको छ । रिच इन्टरटेनमेन्ट प्रा लिको ब्यानरमा निर्माण गरिएको यस चलचित्रका निर्माण कमल फुयाँल र कमल केआरले निर्माण गरेका हुन । चलचित्रलाई सोम कुस्कुमाझीले निर्देशन गरेका छन ।

चलचित्रमा सुस्मिता बुर्लाकोटी, अर्जुन खडका, सनी सुनवार, सृष्टि भण्डारी, शोभा भण्डारी, कमल केआर, यमन माझी, कमल फुयाँल , सरीता दोङ, सुन्जित माझी, लगायतको अभिनय रहेको छ । चलचित्रमा पटकथा तथा निर्देशन दुवै सोम कुस्कुमाझीले गरेका छन भने कथा कमल केआरको रहेको छ ।

दिनेश माङमुको कोरियोग्राफी , बासु न्योपानेको छायाँकन तथा समिर मियाँको सम्पादन रहेको यस चलचित्रमा सन्तोष किरात र योङजङ लामाको संगीत रहेको छ ।
हेनुहोस भिडियो

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...