यसरी खुल्यो पोल

wwwjerungfilmswwwjerungfilms 16 May 2018

लुट चलचित्रका निर्माता साढे दुई करोड नक्कली नेपाली नोटसहित यसरी समातिए । जेरुङ फिल्मस् संवाददाता,२,जेष्ठ– काठमाडौं । चलचित्र निर्माता तथा वितरक माधव वाग्लेसहित ६ जनालाई प्रहरीले ठूलो परिणाममा नक्कली नोटसहित पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई काठमाडौंको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबु स्थानबाट पक्राउ गरेको हो । उनीहरुबाट २ करोड साठ्ठी लाख त्रिसठ्ठी हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन कुमार थापाले जानकारी दिए । चारढुङ्गे स्थित प्रिनसेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठामा खानतलासी गर्दा १ हजार दरको २ करोड ५२ लाख बरामद गरेको छ । वाग्ले चर्चित चलचित्र लुट, लुट–२, छड्के, रेशम फिलिली लगायत चलचित्रका निर्माता तथा वितरक हुन् । यसरी खुल्यो पोल काठमाडौँको मित्रनगरस्थित सुमधुर क्याफे तथा खाजाघरमा सुर्खेत घर भई हाल कमपोखरी बस्ने २४ वर्षीय महेन्द्र बोगटीले खाजा खाएको बिल तिर्दा नक्कली नोट दिएपछि खाजा घरका मालिकले प्रहरीमा खबर गरेका थिए । तत्कालै गोंगबु प्रहरीले बोगटीलाई पक्राउ गरी सोधपुछ तथा खानतलासी गर्दा १ लाख २० हजार बरामद गरेको थियो । बोगटीले दिएको सूचनाको आधारमा ललितपुर लुभु बस्ने २४ वर्षीय सुजित तामाङ र १९ वर्षीय साजन तामाङलाई सात लाख ४३ हजार नक्कली नेपाली नोटसहित पक्राउ गरेको थियो । प्रहरीका अनुसार बागबजारस्थित श्री नवज्योती प्रिन्टिङ प्रेसका सञ्चालक ३६ वर्षीय प्रकाश सुवेदीले भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालक ३९ वर्षीय विकेश नापीतलाई छाप्न दिएका थिए । सबै नक्कली नोट नापितको छापामा छापिएको थियो । नापितको छापाखानाबाट नक्कली नोट छापेपछि नक्कली नोट बनाउन प्रयोग गरिएको ४ थान प्लेट सुवेदीले आफ्नो घरमा राखेका थिए । उनीहरुले विभिन्न होटल, योनकर्मी, जुवा, लागुऔषध कारोबारीको प्रयोग गरेर तथा सक्कलीमा मिसाएर नक्कली नोटलाई बजारसम्म पुर्याउने गरेका थिए । उनीहरुलाई १० वर्षसम्म कैद सजाय हुने बताइएको छ । कलाखबरबाट साभार

 

 

 

 

 

 

 

 

 

 

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...